केही दिन अघि SEE परीक्षा दिएर आएपछि आ!त्मह!त्या गरेकी आकांक्षा मल्लकी बुबा पूर्ण मल्ल लेख्नुहुन्छ, "प्रिय छोरी, तिमी गएकी छैटौं दिन पुगेछ। मोबाइल खोलेपछि तिम्रो घटना तोडमोड गरी फैलाइएको देख्दा मन भक्कानियो। तिम्रो फोटोमा श्र!द्धाञ्जली लेख्न सकिरहेको छैन, हात काँप्छ। शरीर म!रेर गए पनि आ!त्मा बाँच्छ भने, तिमीले हामीलाई हेर्दैछ्यौ होला। तिम्रो सुसा!इड नोट पढ्दा आ!त्मा सिरिङ्ग हुन्छ। बुवा र शिक्षक भएर पनि तिमीलाई बचाउन नसकेकोमा माफी चाहन्छु। तिम्रो अन्तिम बिदाइ भयंकर र कारुणिक थियो। संसार रोइरहेको थियो, तर तिमी शान्त थियौ। जब अग्निदेवको काखमा सुम्प्यौं, मानौं तिमी नै उनको प्रिय पात्र थियौ। खरानी गङ्गाजलमा बगाएपछि तिम्रो नाम-निशाना पनि हरायो। छोरी, आ!त्मा मर्दैन भने, कृपया यस्तो सोच भएका अरुलाई सकारात्मक बाटो देखाइदेऊ। कोही पनि आ!त्मह!त्या गर्ने सोच नपालून्, नकारात्मक विचारले कोही बाँच्न नछोडोस्। समस्या समाधान हुन्छ, तर जीवन अन्त्य गर्नु समाधान होइन।"


 

Comments

Popular posts from this blog

RAP BATTLE 🤘

RAP BATTLE 🤘